उदयपुर – अनुमतिबिना रुख काटेको आरोपमा एक सामुदायिक वनका अध्यक्ष पक्राउ पर्नुभएको छ । कटारी–३ स्थित सदाबहार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बद्री घिमिरे पक्राउ पर्नुभएको हो ।

जिल्ला बन कार्यालयका अनुसार कुनै पनि अनुमति नलिई अवैध रुपमा सामुदायिक बन भित्रका रुख कटान गरेर आफ्ना उपभोक्तालाई वितरण गरेको आरोपमा अध्यक्ष घिमिरेलाई पक्राउ गरिएको हो । डिभिजन वन प्रमुख अनिरुद्ध कुमार साहका अनुसार सदाबहार वन क्षेत्रबाट एकै पटक ४८ वटा रुख काटेर उपभोक्तालाई बाँडेपछि उहाँलाई पक्राउ गरेर थप अनुसन्धानका लागि हिरासतमा राखिएको बताइएको छ ।

तर, अध्यक्ष घिमिरेले भने सब डिभिजन वन कार्यालय वेलसोतबाट अनुमति लिएर रुख कटानी गरेको दाबी गर्नुभएको छ । शव डिभिजनका रेन्जर युवराज खरेलको अनुमतिमा उक्त रुखहरू काटेर उपभोक्तलाई वितरण गरेको उहाँको भनाइ छ ।