काठमाडौं — शिक्षक सेवा आयोगले माध्यामिक तहको अध्यापन अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन खुला गरेको छ । आयोगले यही वैशाख २९ गतेको निर्णयअनुसार आवेदन खुला गरिएको सूचना प्रकाशित गरेको हो ।

योग्यता र तालिम पुगेका इच्छुक व्यक्तिले आधिकारिक अनलाइन दर्खास्त दिनसक्ने आयोगले जनाएको छ । अनलाइन फाराम https://license.tsc.gov.npमार्फत पेस गर्न सकिनेछ । अनलाइन दर्खास्तमा व्यक्तिगत विवरण एवं पेस गरेका कागजातहरू राजस्व दस्तुर बुझाइसकेपछि परिमार्जित वा थपघट गर्न नमिल्ने आयोगले जनाएको छ ।

थप जानकारीका लागि आयोगको वेबसाइट www.tsc.gov.np मा गएर लिन सकिनेछ ।