फाइल तस्वीरः खोप लगाउँदै ।
काठमाडौं —पाँच वर्षमुनिका नियमित खोपबाट बञ्चित बालबालिकालाई आज खोप लगाउँदै छ । छुटेका बालबालिकालाई खोप लगाउनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बृहत् खोज र खोप अभियान सञ्चालन गरेको हो ।

देशभरका सबै सरकारी स्वास्थ्य संस्थाबाट राष्ट्रिय खोप तालिका अनुसार १५ महिना भित्रमा लगाउनुपर्ने नियमित खोप छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई नियमित खोप लगाउँदै छ । यसअघि बैशाख १५ गते नियमित खोप दिइएको थियो ।

मन्त्रालयका अनुसार आज आईतबार पाँच वर्ष मुनिका बालबालिकाहरुलाई १३ प्रकारको खोप दिइँदै छ । सरकारले अपाङ्गता, रोग र मृत्युबाट बचाउनका लागि जन्मिएको पाँच वर्षसम्मका उमेर समूहका बालबालिकाहरुलाई १३ प्रकारको खोप निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ । यसैसन्र्दभमा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले आफ्ना बालबालिकालाई नियमित खोप लगाउन अभिभावकलाई आग्रह गर्नुहुँदै भिडियो सन्देश जारी गर्नुभएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन् । अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्ण मात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप लगाएका छैनन् ।