काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने बताउनुभएको छ । महानगर प्रमुख साहले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख सार्वजनिक गर्दै यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, भ्रष्टचारविरुद्ध प्रदर्शन गर्न होइन भन्नुभएको हो ।


उहाँले भ्रष्टचारीलाई बाग्मतीमा चोपल्न आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा मेयर साहले भ्रष्टचारीविरुद्धमा मुख खोलेर लेख सार्वजनिक गर्नुभएको छ ।
महानगर प्रमुख साहले भ्रष्टचारविरुद्ध प्रदर्शन गर्ने होइन, सिधै कारबाहीमा जानु पर्ने जनाउनुभएको छ । ‘तपाईंहरूलाई यत्रो भोट दिएर नेता बनाएको आन्दोलन गर्नलाई हैन, सिधै कार्बाही गर्नलाई हो, सिधै कार्बाही गर्ने निती बनाउनलाई हो ।’

‘भ्रस्टाचारविरुद्धको आन्दोलन ? को नेता हो थाह छ ? घर कहाँ हो थाह छ ? सिधै लगेर बागमतीमा चोपाल्नुस्’ साहले लेख्नुभएको छ । ‘यस्तो सडक नाटक धेरैदेखि सक्यौँ हाम्ले । पत्याउदिन म चाहीँ ।’