फाइल तस्वीर
काठमाडौं — देशको आजको मौसम सामान्यनयख सफा रहनेछ । स्थानीय वायुको सामान्य प्रभाव रहेकोले देशभरको मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।

महाशाखाले जारी गरेको मौसम बुलेटिनअनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनसक्ने र बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ । गण्डकी तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भैरहेको महाशाखाले उल्लेख गरेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका पहाडी भू–भागका थोरै स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

आईतबार राति भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । कोशी तथा गण्डकी प्रदेशमा भने केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

बङ्गालको खाडीमा विकसित भइरहेको “मोखा” नामक चक्रवात हाल अति शक्तिशाली चक्रवातमा परिणत भएको छ । उक्त चक्रवात उत्तर–उत्तर–पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्गलादेश तथा म्यानमारको तटीय क्षेत्रमा बढिरहेको हुनाले नेपालमा यसको उल्लेखनीय प्रभाव नरहने महाशाखाले जनाएको छ ।