सिन्धुपाल्चोक — मेलम्चीको पानी आगामी जेठ १ गतेदेखि केही समय रोकिने भएको छ । हेलम्बु–१ स्थित आयोजनाको मुहान तथा हेडवक्र्समा केही उपकरण जडान तथा मर्मतसम्भार गर्नुपर्ने भएकाले दुई हप्ताका लागि पानी वितरण बन्द हुने भएको हो ।

मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इञ्जिनियर पदमबहादुर कुँवरका अनुसार मर्मतका लागि केही समय मेलम्चीको पानी वितरण बन्द गर्न लागिएको हो । सामान्य बाढी आएको बेला आयोजना सञ्चालनमा नै राख्ने गरी अहिले उपकरण जडान तथा मर्मतसम्भार गर्न लागिएको इञ्जिनियर पदमबहादुर कुँवरले जानकारी दिनुभयो ।