फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । गत बिहिबार देखि सुरु भएको केन्द्रिय समिति बैठक हिजो शुक्रबार दिउँसो ३ बजे बस्ने भनिएता पनि समय अभावको कारणले अहिले बिहान ८ बजे पार्टी मुख्यालय च्यासलमा बस्न लागेको हो ।

शुक्रबार बसेको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । जसअनुसार गण्डकीबाट पद्मा अर्याल, बागमतीबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो ।

आज बस्ने बैठकले समुहगत छलफल पछिको निष्कर्षका बारेमा महासचिव शङ्कर पोखरेल र अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने कार्यक्रम रहेको छ । केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेश तर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकमा एकीकृत वार्षिक कार्ययोजना बनाउनेबारे छलफल गरिनेछ ।