फाइल तस्वीरः जनता समाजवादी पार्टी (जसपा) नेपाल ।
ललितपुर— जनता समाजवादी पार्टी (जसपा) नेपालले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकारमा जाने निर्णय गरेको छ । जनता समाजवादी पार्टी, नेपाल सरकारमा सहभागी हुने भएको छ । पार्टीको बुधबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको नेता चयन गरेपछि मात्रै सरकारमा जाने निर्णय गरेको हो ।
जसपाले संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयका लागि एक समिति नै गठन गरेको छ । समितिमा मिथिलेशकुमार सिंह, अर्जुन थापा र दीपेन्द्र झा रहनुभएको छ । सो समितिको सिफारिसमा पार्टी संसदीय दलको नेता चयन गर्ने जसपाले जनाएको छ ।
जसपाको संसदीय दलको नेता बन्नुभएका रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि जसपाको संसदीय दलको नेताको पद रिक्त छ । जसपाले पार्टी विधान बमोजिम निर्वाचन प्रकृयाबाटै संसदीय दलको नेता छान्ने छ ।