फाइल तस्वीरः परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद ।
काठमाडौं — परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउद बङ्गलादेश प्रस्थान गर्नुभएको छ । यही वैशाख २९ र ३० गते बङ्गलादेशको ढाकामा आयोजना हुने छैटौं हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री साउद आज शुक्रबार त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
‘शान्ति, समृद्धि र उत्थानशील भविष्यका लागि साझेदारी’ भन्ने नारा तयगरी आयोजना गरिएको उक्त सम्मेलनमा मन्त्री साउदले भोलि बैशाख ३० गते सम्बोधन गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा परराष्ट्रमन्त्री साउदले बङ्गलादेश सरकारका उच्च पदस्थ व्यक्तित्वसँग भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ ।
यसैगरी मन्त्री साउदले सम्मेलनका क्रममा विभिन्न देशका सहभागी प्रतिनिधिमण्डलका प्रमुखसँग पनि भेटगर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । मन्त्री साउद बैशााख ३१ गते आईतबार स्वदेश फर्कनुहुने कार्यक्रम छ ।