काठमाडौं — नेपाल कम्युनिष्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक आज बस्दै छ । ललितपुरस्थित पार्टी मुख्यालयमा दिउँसो ३ बजे बैठक बस्ने एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभएको हो ।
रिजालका अनुसार बैठकमा पार्टीको एकीकृत वार्षिक कार्ययोजनाबारे छलफल गरिने छ । आजको केन्द्रीय कमिटीको बैठकमा मिसन ग्रासरुट अभियानको प्रदेशतर्फबाट कार्ययोजना प्रस्तुत भएपछि सोही कार्ययोजनाअनुसार स्थायी कमिटी बैठकले एकीकृत वार्षिक कार्ययोजना बनाउने छ । बिहीबारदेखि सुरु भएको केन्द्रीय कमिटीको बैठक भोलि वैशाख ३० गतेसम्म सञ्चालन हुनेछ ।