काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी एमालेको केन्द्रीय समितिको बैठक आज पनि जारी रहने छ । हिजो बिहिबारदेखि सुरु भएको केन्द्रीय समिति बैठक भोली अर्थात बैशाख ३० गते शनिबारसम्म जारी रहने भएको हो ।

हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गर्नुभएको थियो भने महासचिव शङ्कर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेण्डा पेश गर्नुभएको थियो ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन आज प्रस्तुत गरिनेछ । त्यसपछि प्रतिवेदनउपर समूहगत छलफल हुनेछ ।