कास्की — कृषि तथा पशुपक्षी विकास मन्त्रालयको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी) बाट अनुदान प्राप्त उपआयोजनाको अनुगमन गरिएको छ ।आयोजनाले सञ्चालन गरेका क्रियाकलापका बारेमा सञ्चार क्षेत्रलाई जानकारी दिने उद्देश्यले बुधबारदेखि चार दिवसीय सञ्चार अनुगमन ९मिडिया मोनिटोरिङ० सुरु गरिएको कृषि अर्थ विज्ञ सुशील खड्काले जानकारी दिनुभयो ।
आयोजनाका प्रतिनिधि एवं सञ्चारकर्मीसहितको १४ सदस्यीय टोलीले तनहुँ, कास्की र म्याग्दीमा सञ्चालित केही उपआयोजनाको स्थलगत अनुगमनसँगै सरोकारावालाबीच छलफल एवं अन्तक्र्रिया गरिने उहाँले जानकारी दिनुभयो । आयोजनाबाट देशभर पाँच सय ५९ उपआयोजनामा अनुदान सहयोग गरिएको र हालसम्म दुई सय १३ सम्पन्न भइसकेको उहाँले बताउनुभयो ।
कार्यक्रमअन्तर्गत बुधबार कुमालटारी कृषि तथा पशु फर्म बन्दीपुर गाउँपालिका–५ याम्पाफाँट तनहुँ र दाजुभाइ गाई फर्म व्यास नगरपालिका–१० डिहिकुवा तनहुँको स्थलगत अवलोकनसँगै पशु विकास शाखा शुक्लागण्डकीका पदाधिकारीसँग छलफल एवं अन्तरक्रिया गरिएको थियो ।
अनुगमन टोलीलाई कुमालटारी कृषि तथा पशु फर्मका सञ्चालकद्वय चेतप्रसाद तिवारी र विष्णुप्रसाद अमगाईँ तथा दाजुभाई गाई फर्मका सञ्चालक रमेश तिमल्सिनाले भइरहेका कामबारे जानकारी गराउनुभएको थियो । पशु विकास शाखा शुक्लागण्डकीका प्रमुख मुक्ति नेपालीले आयोजनाअन्तर्गत शुक्लागण्डकीमा निर्माण भइरहेको पूर्वाधारसहितको भेटेरिनरी अस्पतालको भवनका सम्बन्धमा जानकारी गराउनुभयो ।
आयोजनाको अनुगमन मूल्याङ्कन अधिकृत ईश्वरी खतिवडाका अनुसार विभिन्न उपआयोजनाको स्थलगत अनुगमन गरी टोली यही वैशाख ३० गते काठमाडौं फर्कनेछ ।