फाइल तस्वीर : ‘जिउँदो सहिद’ स्वर्गीय मुकेश कायस्थ
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते मुकेश कायस्थको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालमार्फत ‘जिउँदो सहिद’ कायस्थको निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारजन, आफन्त र शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
अचेत अवस्थामा १७ वर्षसम्म कष्टकर जीवन विताउनुभएका कायस्थ वि.सं. २०६२/०६३ सालको जनआन्दोलनको दौरानमा सुरक्षाकर्मीको गोली लागि घाइते हुनुभएको थियो । बनेपाका स्थायी वासिन्दा एवम् जिउँदो सहिद कायस्थको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचार कै उपचारकै क्रममा निधन भएको हो । जनआन्दोलनको दौरानमा घाइते हुनुभएका कायस्थ त्यतिबेला १५ वर्षको उमेरका हुनुहुन्थ्योे । उहाँको ३२ वर्षको उमेरमा निधन भएको छ ।