काठमाडौं — परराष्ट्रमन्त्री एनपी साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा सहभागी हुन आज बङ्गलादेश जाँदै हुनुहुन्छ । बुधबार बिहान मात्र बेलायतबाट स्वदेश फर्कनुभएका परराष्ट्र मन्त्री साउद ‘छैटौं इन्डियन ओसन कन्फरेन्स–२०२३’ मा भाग लिनका लागि आज बिहीबार बङ्गलादेशको राजधानी ढाका जान लाग्नुभएको हो ।
हिन्द महासागर क्षेत्रको मजबुत भविष्यका लागि शान्ति, समृद्धि र सहकार्य गर्ने मुल कार्यपत्रमा छलफल गर्नका लागि उक्त सम्मेलन आयोजना गरिएको हो ।
भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र बङ्गलादेशको विदेश मन्त्रालयले संयुक्त रूपमा सो कार्यक्रमको आयोजना गरेका हुन । उक्त सम्मेलन शनिबारसम्म जारी रहनेछ । चाल्र्स तृतियाको राज्यभिषेक समारोहमा सहभागी हुनका लागि गत साता मात्रै उहाँ बेलायत जानुभएको थियो ।