फाइल तस्वीरः सभापति शेरबहादुर देउवा ।
काठमाडौं — नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेताहरु तानिन थालेपछि नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरुको बैठक डाक्नुभएको छ ।

पार्टीका केन्द्रीय सदस्य एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेसँगै सभापति देउवाले पार्टीका शीर्ष नेताहरुलाई छलफलका लागि बोलाएको हो।

बैठक पार्टी सभापति देउवाको धुम्बाराहीस्थित निवासमा बुधबार अपरान्ह पाँच बजे एक नेताले बताएका छन् । बैठकको विषय सार्वजनिक नभए पनि मुख्यतया नक्कली भुटानी शरणार्थी प्रकरण रहेको छ ।