नेपालगञ्ज — बाँकेको नेपालगञ्जबाट प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । नेपालगञ्जको धम्बोजी नजिक सुर्खेतरोडमा रहेको एउटा डान्सबारबाट निस्किँदै गर्दा उनलाई प्रहरीले समातेको हो ।

बर्दिया बाँसगढी नगरपालिका–८ का २८ वर्षीय सुमन रिजाल गएराति पक्राउ परेको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ । उनको साथबाट मेडइन युएसए लेखिएको एक राउण्ड गोली समेत बरामत भएको छ । रिजाललाई हातहतियार तथा खरखजना मुद्दा चलाइने प्रहरीले जनाएको छ ।