फाइल तस्वीरः प्रमुख तीन दलका शीर्षनेताहरु ।
काठमाडौं — सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रमुख तीन दलका शीर्षनेताहरुको छलफल सुरू भएको छ । छलफलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली छलफलमा जुट्नुभएको हो ।
यी तीन दलका शीर्ष नेताहरुबीच हिजो पनि सिंहदरबारमै दुई घण्टा छलफल भएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणलगायत अन्य विषयमा उहाँहरुबीच छलफल चलिरहेको छ । आजको यो बैठक हिजोकै निरन्तरता भएको बताइएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा चलिरहँदा शीर्ष नेताहरुबीच लगातार भइरहेको छलफललाई चासोका साथ हेरिएको छ । यस प्रकरणमा नेपाली काङ्ग्रेस र एमालेका ठूला नेता र सरकारका सचिवसम्म जेलिएकोले यो विषय पेचिलो बनिरहेको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले ‘यो बैठक हिजोकै छलफलको निरन्तरता हो, उहाँहरुबीच टीआरसीबारे छलफल गर्ने भन्ने छ । हिजो मंगलबार पनि शीर्ष नेताहरुको छलफल चलेको थियो’ भन्नुभयो ।