फाइल तस्वीरः उपेन्द्र यादव, अध्यक्ष जसपा
काठमाडौं — सत्तासमर्थक दल जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै छ । जसपाको बैठह ललितपुरको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा आज बुधबार बिहान ११ बजे बस्न लागेको हो ।

वर्तमान गठबन्धनमा रहेको जसपा सरकारमा जाने तयारी गर्दैछ । पार्टीको तर्फबाट सरकारमा कसलाई पठाउने विषयमा बैठकले निर्णय गर्ने बताइएको छ । आजको बैठकमा सरकारमा पठाउने मन्त्री निक्र्योल गर्ने र देशको समसामयिक राजनीति घटनाक्रमका बारेमा पनि छलफल हुने जनाइएको छ ।