फाइल तस्वीर

काठमाडौं — प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने एजेण्डाका बारेमा छलफल हुने बताइएको छ ।


बैठकमा आगामी केन्द्रीय समितिमा प्रस्तुत गरिने विषयमाथि छलफल गरिने छ । एमाले पोलिटब्युरो सदस्य शेरबहादुर तामाङका अनुसार केन्द्रीय सचिवालय बैठकबाट केन्द्रीय समितिको छलफलको एजेन्डा तय हुनेछ । केन्द्रिय समिति बैठक यही वैशाख २८ देखी सुरु हुँदैछ ।

यसअघि झापामा हुने भनिएको बैठक संघीय संसद्मा नीति तथा कार्यक्रम र बजेटलगायतका बिषय छलफल गर्नुपर्ने भएको भन्दै काठमाडौँमा सारिएको थियो । गत मङ्सिर ४ मा सम्पन्न निर्वाचन तथा हालै गरिएको मिसन ग्रास रुटको समिक्षालगायतका एजेण्डा आगामी बैठकमा छलफल हुने बुझिएको छ ।