प्रतिनिधिसभा बैठक प्रत्यक्ष प्रशारण
काठमाडौं — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेबाट बैठक सुरु भएको हो ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल प्रारम्भ भएको सङ्घीय संसदको महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो । आज र भोलि दुई दिन प्रि–बजेटमाथि छलफल हुनेर अर्थमन्त्री डा. प्रकाशशरण महतले पर्सी २७ गते सांसद्हरुले उठाउनुभएको प्रश्नको जवाफ दिनुहुनेछ ।
सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट जेठ १५ गते गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।