फाइल तस्वीर

काठमाडौं — उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले हातहतियार खरिदमा आफू संलग्न नभएको स्पष्ट पार्नुभएको छ । उपप्रधानमन्त्री खड्काले नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएको भन्दै आफ्नो संलग्नता नरहेको स्पष्ट पार्नुभएको हो ।

उपप्रधान तथा रक्षामन्त्री खड्काले भन्नुभएको छ —‘केही दिनदेखि मेरो नाम समेत जोडेर केही सञ्चार माध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका विविध प्रकृतिका समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । म रक्षामन्त्री भएदेखि रक्षा मन्त्रालयबाट हतियार खरिद सम्बन्धी कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहन्छु ।’