फाइल तस्वीर
काठमाडौं — काठमाडौं महानगरपालिका क्षेत्रभित्रका अव्यवस्थित तारहरुको व्यवस्थापन गरिने भएको छ । महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।
काठमाडौं महानगरपालिका, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवाप्रदायकका प्रतिनिधिबीच हिजो आइतबार भएको बैठकको निर्णयअनुसार आज सोमबारदेखि काठमाडौं महानगरभित्रका तार व्यवस्थापन गर्न लागिएको हो ।
यसअघि काठमाडौं महानगरपालिकाले १५ दिनको समय दिएर वैशाख २७ भित्र तार व्यवस्थापन नगरे काटिदिने चेतावनी समेत दिएको थियो । दूरसञ्चार प्राधिकरणले ‘जरुरी सूचना’ जारी गरी टेलिफोन तथा इन्टरनेटलगायतका तार सडक छेउका पोलमा गुजुल्टो भएको, चुँडिएको तथा लत्रिएकाले सहरी सुन्दरता बिग्रिनुका साथै दुर्घटनासमेत हुने गरेकाले त्यस्ता तार हटाउन लागिएको जनाएको छ ।
हेर्नुहोस् अव्यवस्थित तार हटाउन यस्तो सूचना बनाइएको छ :