काठमाडौं — सङ्घीय संसद् अन्तर्गतको राष्ट्रियसभाको बैठक आज बस्दै छ । राष्ट्रियसभाको चौथो अधिवेशनको बैठक सङ्घीय संसद् भवन बानेश्वरमा आज अपराह्न ४ बजे बस्ने भएको हो ।

सङ्घीय संसद् भवन, बानेश्वरमा बस्ने उक्त बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त अधिवेशन सबन्धि पत्र अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पढेर सुनाउनुहुने छ भने अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री पदमा नियुक्ति र कार्यभार सम्बन्धी पत्र पढेर सुनाउनुहुने कार्यसूची रहेको छ ।

यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०२८ पेश गर्ने कार्यक्रम रहेको छ । साथै, अर्थमन्त्री डा.प्रकाशशरण महतले आव २०८०–८१ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

newskarkahna-news503790.