फाइल तस्वीरः
काठमाडौं — झण्डै एक सातादेखिको मौसममा हिजोबाट सुधार भएको छ । अबका तीन दिनसम्म देशको मौसम सफा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनआज शनिबारदेखि सोमबारसम्म छिटपुट वर्षाको बाहेक देशभरको मौसम सफा हुने मौसमविद्को भनाइ छ ।।

मौसम पूर्वानुमान महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार आगामी तीन दिनसम्म सामान्यतया मौसम सफा हुनेछ । आज शनिबार देशभरको मौसम सामान्यतया सफा हुनेर अपराह्नपछि भने कतै कतै बदलीको सम्भावना छ।

महाशाखाले आज शनिबार बिहान जारी गरिएको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ ।

मौमसविद् समीर श्रेष्ठका अनुसार आज काठमाडौं उपत्यकामा पनि वर्षाको सम्भावना छैन । आज काठमाडौं उपत्यकामा सामान्यतया सफा रहने देखिन्छ । आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी र कोशी प्रदेशका पहाडी भेगमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने सुदूरपश्चिम, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई ठाउँमा भने मेघगर्जन÷चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ । मौसम सफा हुँदा घाम लाग्ने र तापक्रम बढ्ने भएकाले गर्मी भने फेरि बढ्ने देखिन्छ ।