फाइल तस्वीरः बानेश्वरस्थित सङ्घीय संसद् भवन ।
काठमाडौं — भोलिदेखि सङ्घीय संसद्को दुवै सदन सुरुहुने भएका छन् । काठमाडौंको बानेश्वरस्थित सङ्घीय संसद् भवनमा राष्ट्रियसभा र प्रदेशसभाको बजेट अधिवेशन सुरुहुन लागेको हो ।

भोलि आईतबारदेखि सुरु हुने अधिवेशनलाई बजेट अधिवेशनको रुपमा लिइएको छ । आगामी जेठ १५ गते आगामी आर्थिक वर्ष २०८०÷०८१ को वार्षिक बजेट पेश हुने र बजेट माथि छलफल हुनेछ । बजेट भाषण हुनुअघि सरकारका आगामी नीति तथा कार्यक्रमका बारेमा दुवै सदनका बैठकहरुमा छलफल हुनेछ । बैठकमा उठेका विषयहरुलाई परिमार्जन गरेर सरकारका नीति कार्यक्रमहरुमा समावेश गरिने छ ।

मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भोलि आईतबारका लागि बजेट अधिवेशन आव्हान गर्नुभएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक भोलि अपरान्ह ४ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । संसद् सचिवालयका अनुसार बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ ।