तस्वीरः सिम्रिक एयर दुर्घटनाग्रस्त हेलिकप्टर
काठमाडौं — सङ्खुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना भएको छ । माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको हो ।

उक्त दुर्घटना भोटखोला गाउँपालिका वडा नम्बर ४ को सिप्रुङमा भएको हो । उक्त हेलिकोप्टरले माथिल्लो अरुण जलविद्युतको माटो, ढुङ्गा तथा कङक्रिट प्रयोगशालाका लागि आवश्यक सामान गोला भन्ने स्थानबाट ओसारिरहेको थियो । त्यसै क्रममा हेलिकप्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।