फाइल तस्वीर

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बैठक बस्दै छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्ने विषयमा निर्णय गर्न आज साँझ ५ बजे केन्द्रीय समितिको बैठक बस्ने भएको हो ।

आज बस्ने केन्द्रीय समितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारमा पार्टीको सहभागिताबारे छलफल गर्ने बताइएको छ । पार्टीका प्रवक्ता मुकुल ढकालका अनुसार बैठकमा समसामयिक राजनीतिक विषय तथा बदलिँदो राजनीतिक परिस्थितिका बारेमा छलफल हुने भएको छ ।

गत वैशाख १० को उपनिर्वाचनबाट पार्टी सभापति लामिछाने पुनः निर्वाचित भएर आएपछि दोस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । प्रधानमन्त्री प्रचण्डले सरकारमा सहभागी हुनका लागि रास्वपालाई आग्रह गर्नुभएको छ तर रास्वपाले भने आजको बैठकबाट निर्णयमा पुग्ने बताएको छ ।