काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हिजो निवनियुक्त गर्नुभएका मन्त्रीले पद तथा गोपनियताको शपथ लिनुभएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले महाराजगञ्जस्थित राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा आज बिहीबार नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराउनुभएको हो ।
गठबन्धनको सरकारमा रहेको नेपाली काङ्ग्रेसको भागमा परेका आठ मन्त्रालयमध्ये पाँच मन्त्रालयमा यस अघि मन्त्रीहरु नियुक्त गरिएको र बाँकी तीन मन्त्रालयमा हिजो नेपाली काङ्ग्रेस उपसभापति समेत रहनुभएका धनराज गुरुङ, नेता मोहन बस्नेत र डिगबहादुर लिम्बुलाई प्रधानमन्त्री प्रचण्डले हिजो बुधबार मन्त्रीमा नियुक्त गर्नुभएको थियो ।
सरकारमा सहभागी नेपाली काङ्ग्रेसले पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा आठ जनालाई मन्त्री बनाएको छ । यसअघि कानुन मन्त्रालयको जिम्मेवारी रक्षामन्त्रीसमेत रहेका पूर्णबहादुर खड्काले सम्हाल्नु भएको थियो ।