फाइल तस्वीर
काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुग्नुभएको छ । प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति पौडेल नयाँ दिल्लीबाट उपचार गरेर फर्किनुभएपछि उहाँलाई भेट्न पहिलो पटक शीतल निवास पुग्नुभएको हो ।
राष्ट्रपति पौडेल चिकित्सकको सल्लाहअनुसार शीतल निवासमै आराम गरिरहनुभएको छ । यसैबीच उहाँले आज बिहिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गर्नुभएको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले बुधबार नेपाली काङ्ग्रेसबाट मन्त्रीमा नियुक्त हुनुभएका तीन नेताको शपथबारे पनि छलफल गर्नुभएको बताइएको छ ।
त्यसैगरी उहाँहरुबीच आजको भेटमा आगामी २४ गते बस्ने गरी बोलाइएको बजेट अधिवेशनबारे पनि दुई नेताबीच छलफल हुन सक्ने स्रोतले बताएको छ । राष्ट्रपति पौडेलले सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आगामी वैशाख २४ गते आईतबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरिसक्नुभएको छ ।