तस्वीरः प्रधानमन्त्री निवास बालुवाटार
काठमाडौं — नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेभएको छ । भोलि बिहीबार अपरान्ह पाँच बजेका लागि बैठक आह्वान गरिएको हो ।
भोलि बस्ने पार्टीको बैठकमा सरकार विस्तार, सरकारको नीति तथा कार्यक्रम निर्माणलगायतका विषयमा छलफल हुने एक नेताले बताए । पार्टीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पहिलो पटक बस्न लागेको हो ।
यसअघि माओवादी केन्द्र पार्टीको बैठक पार्टी मुख्यालय पेरिसडाँडा बस्दै आएको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको सरकारी भेटघाट तथा बैठकहरु बालुवाटार र सिंहदबारमा हुने गरेको थियो ।