काठमाडौं — हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त प्रभावले हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशको पहाडी भू–भागमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्ग सहित मध्यम वर्षा वर्षाको सम्भावना रहेको छ ।

आज राति देशको पहाडी भू–भागका थोरै स्थानहरूमा साथै देशका बाँकी भू–भागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।