काठमाडौं— पछिल्लो २४ घण्टामा नेपालमा थप ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालाको कुल १ हजार ७ सय १८ जनाको नमुनामध्ये १ सय ८० जनाको पीसीआर परीक्षण गर्दा २२ जनामा र १ हजार ५ सय ३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा गरी ५५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोे हो ।

यसैगरी हाल नेपालमा कोरोना भाइरसको सङ्क्रिय सङ्क्रमितको संख्या २ सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये संस्थागत आईशोलेशनमा २५ जना र आईसीयूमा ११ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।