काठमाडौं — जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पद तथा गोपनियताको सपथ लिदैँ हुनुहुन्छ । गत बैशाख १० गते सम्पन्न उपनिर्वाचनमा बारा–२ बाट विजयी हुनुभएका यादवले आज पद तथा गोपनियताको शपथ लिन लाग्नुभएका हुन् ।
सङ्घीय संसद् सचिवालयका दशरथ धमलाका अनुसार आज दिउँसो १ः०० बजे कानून समितिको हल, सिंहदरबारमा सभामुख देवराज घिमिरेले पद तथा गोपनियताको शपथ गराउदै हुनुहुन्छ ।