शिवनगरस्थित प्रधानमन्त्री प्रचण्डको निवासमा आयोजित पत्रकार सम्मेलन

चितवन — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई सरकारमा सहभागी हुन आहृवान गर्नुभएको छ । आफु नेतुत्वको सरकार पाँचै वर्ष चल्ने दाबी गर्दै आज बिहान चितवनको शिवनगरस्थित आफ्नै निवासमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले रवि लामिछानेलाई सरकारमा सहभागी हुन आहृवान गर्नुभएको हो ।

पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले जुनसुकै भ्रष्टाचारका फाइल खोल्न आफू तयार रहेको बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई सरकारमा आउन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्नुभयो, ‘सरकारमा आउनूस्, भ्रष्टाचारको कुनचाहिँ फाइल खोल्नु प¥यो म खोल्न तयार छु ।’

यसअघि रास्वपाका सभापति लामिछानेले सरकारले भ्रष्टाचारका फाइल खोल्न तयार नभएकोले समर्थनसमेत फिर्ता लिने बताउनुभएको थियो । प्रधानमन्त्री प्रचण्डले रास्वपा सरकारमा आए भ्रष्टाचारबाहेकका अन्य विषयहरु पनि नीति तथा कार्यक्रममा सामेल गराउन सकिने बताउँदै रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने समेत दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘समर्थन फिर्ता लिने स्थिति म देख्दिनँ । सरकारमा सहभागी हुने विषयमा छलफल भइराखेको छ ।’