काठमाडौं – देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिक देखि सामान्य बदली रहने छ ।

आज दिउँसो देशै भरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका एक/दुई स्थानमा हावा हुरीको सम्भावना समेत छ । आज राति सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशैभरका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको र सडक तथा हवाई यातायात, कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने देखिएकोले त्यसबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।