काठमाडौं — राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना औपचारिक भ्रमणका लागि गए राति कम्बोडिया प्रस्थान गर्नुभएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिनका लागि उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेशनल फेस्टिभल्स एण्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गर्नुहुनेछ ।

उक्त कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वल्र्ड बुद्धिष्ट अनोररी डक्ट्रेट इन ह्युमानिटीको मानार्थ पदवि प्रदान गर्ने कार्यक्रम रहेको जनाइएको छ । अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा बागमती प्रदेशसभाका सदस्य अमन मास्के र सङ्घीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल रहनुभएको उहाँको सचिवालयले जनाएको छ ।