काठमाडौं – हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र गण्डकी प्रदेशका थोरै स्थानहरूमा साथै कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन रचट्याङ्ग, हावाहुरीबाट हुन सक्ने क्षति र जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ ।

भोलि सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेशका एक–दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

यसैगरी भोलि राती देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

पर्सि मङ्गलबार दिउँसो पनि देशभर आंशिक देखि सामान्य बदली रहने छ । पहाडी भू–भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको तथा तराईका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्गसहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार राती कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू– एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का वा क्षणिक वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।