फाइल तस्वीर

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता योगेश भट्टराईले अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै रकम थपेर लडाकुलाई पनि सेयरको व्यवस्था गर्नुपर्ने बताउनुभएको छ । नेता भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा लेख लेख्दै अयोग्य लडाकुको नाममा छुट्याएको रकममा त्यति नै रकम थप गरी लडाकुलाई सेयर र परिवारलाई रोजगारीको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सेयर आव्हान गरी हाललाई कम्तीमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँचतारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरूलाई रोजगारीको व्यवस्था गर्नुपर्ने उल्लेख गर्नुभएको छ ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख्नुभएको छ –‘अयोग्य लडाकुको नाममा छुट्याएको १ अर्ब ४० करोडमा सरकारले अरु त्यत्तिनै थप्ने र लडाकुलाई पनि सेयरको व्यवस्था गर्ने अनि सार्वजनिक सेयर आव्हान गरी हाललाई कम्तीमा ५ अर्बको लगानीमा पब्लिक कम्पनी स्थापना गरी कुनै उद्योग खोल्ने वा पाँचतारे होटल खोल्ने र लडाकुका परिवार र अन्य युवाहरुलाई रोजगारी को व्यवस्था गर्ने । पुँजी वृद्धि गरी उद्योगको आकार बढाउँदै जाने । पैसा बाँढेर होइन जीवनयापन र दिगो समाधानको बाटो जानु उपयुक्त हुन्छ । सरकारको ध्यानाकर्षण गर्दछु ।’