काठमाडौं — पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आस्था र मर्यादामा आँच नपु¥याउन आग्रह गर्नुभएको छ । पूर्वराजा शाहका संवादसचिव फणि पाठकले आज शुक्रबार एक वक्तव्य जारी गर्दै निराधार र कपोकल्पित भ्रमजालबाट मुक्त रहन तथा आस्था र मर्यादामा आँच नपु¥याउन आग्रह गर्नुभएको हो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले हिजो बिहीबार इलाममा आयोजित कार्यक्रममा झापामा आफूमाथि आक्रमण हुँदा जनताले ढुङ्गा हानेको भनेर हिमानी शाहले ट्वीट गरेको दाबी गर्नुभएको थियो ।
एमाले अध्यक्ष ओलीले झापामा आफूमाथि भएको आक्रमणबारे ‘ज्ञानेन्द्र शाह उसको परिवार । उनको बुहारी जान्ने भएर जनताले ढुङ्गा होनेको देखिन् । ट्वीट गरि—गरिकन जनताले केपी ओलीलाई ढुङ्गा हान्यो रे । मैले यसको जवाफ दिनु नपरोस् बर्ता फुरफुर नगर । बर्ता फुरफुर गर्ने होइन । हामीले हिसाब किताब नगरेरै छाडेका छौँ । हाम्रा मान्छे गोली हानेर मार्दा छाडेका छौँ । अनेक हिसाबकिताब गरेका छैनौँ । हिसाब किताब गर्न सुरु गर्न नपरोस् । छोराबुहारी अगाडि सारेर फुरफुर नगर !’ भनी आक्रोश पोख्नुभएको यिथो ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहको कडा आलोचना गर्नुभयो । तर, पूर्वराजाको संवाद सचिवालयले ज्ञानेन्द्र शाह, हिमानी शाहले कुनै पनि सामाजिक सञ्जाल सञ्चालन नगरेको स्पष्ट गरेको छ । यसबारे सचिवालयले २०७८ मंसिर २३ गते नै पनि स्पष्ट गरिसकिएको जनाएको छ ।