रुपन्देही — लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज शुक्रबार शपथ ग्रहण गर्दै हुनुहुन्छ । नेकपा माओवादीसहितका राजनीतिक दलको समर्थनमा हिजो बिहिबार लुम्बिनी प्रदेशसभाबाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएका चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने हुनुभएको हो ।

मुख्यमन्त्री चौधरीले हिजो बिहीबार ८ दलको समर्थनमा ५३ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीको दाबी पेश गर्नुभएको थियो । उहाँलाई माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमत पाटी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र २ स्वतन्त्र सांसदले समर्थन गरेका छन्।

प्रदेश प्रमुखको कार्यालय बुटवलमा अपरान्ह १ बजे पद तथा गोपनियताका सपथ गर्नुहुने कार्यसूची रहेको छ । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख अमिक शेरचनले उहाँलाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो ।