काठमाडौं — राष्ट्रियसभा बैठक सरेको छ । सङ्घीय संसद् सचिवालका अनुसार आज अपराह्न १:०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश भोलि शुक्रबार अपराह्न ४:०१ बजे बस्ने गरी सरेको हो ।
आज बस्ने गरी निर्धारण गरिएको बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले राष्ट्रियसभा नियमावली, २०७५ को नियम (६) उपनियम (३) बमोजिम अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भोलि शुक्रबार बस्ने गरी निर्धारण गर्नुभएको सङ्घीय संसद्का महासचिव डा भरतराज गौतमले जानकारी दिनुभयो ।