काठमाडौं — राष्ट्रियसभाको बैठक बस्दै छ । काठमाडौंको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा आज बिहीबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रियसभा बैठक बस्न लागेको हो ।
बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिने सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ ।
साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
