तीन दलका शीर्ष नेताहरुको बैठक, फाइल तस्वीर
काठमाडौं — प्रतिनिधिसभाका मुख्य तीन ठूला राजनीतिक दल नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरुको बैठकले संवैधानिक परिषदसम्बन्धी विधेयक संसद्बाटै पारित गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकले संसदीय समितिहरुको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुङ्गो लगाउन प्रमुख तीन दल सहमत भएका हुन् ।

तीन दलका शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पु¥याउन विशेष समिति गठन गर्ने सहमति भएको बताइएको छ । तीन दलीय बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न १५ सदस्यीय विशेष समिति गठन गर्ने सहमतिसमेत जुटेको छ ।

संवैधानिक परिषद्सम्बन्धी कानूनमा समस्याभएका कारण लामो समयवितिसक्दा पनि सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको सिफारिस अघि बढ्न सकेको छैन ।

सिंहदरबारमाा आज तीन दलबीच भएको सहमतिसँगै अब संवैधानिक परिषदबाट प्रधानन्यायाधीश नियुक्ति सिफारिस, संसदीय सुनुवाइ समिति गठनलगायतका सबै प्रक्रिया अघि बढ्ने बताएको छ ।