फाइल तस्वीर काङ्ग्रेस संसदीय दलको बैठक
काठमाडौं — नेपाली काङग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकका आवश्यकतालाई केन्द्रमा राखेर आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्न सुझाव माग गर्नुभएको छ । काङ्ग्रेस संसदीय दलको आज सोमबार बसेको बैठकमा सभापति देउवाले मुलुकको विषम आर्थिक परिस्थितिमा आगामी बजेटमा समेट्नुपर्ने विषयका बारेमा पार्टीका तर्फबाट सुझाव दिन सांसदहरुसँग आग्रह गर्नुभएको हो ।
संसदीय दलको बैठकमाा बोल्दै सभापति देउवाले नागरिकहरुका आवश्यकता सम्बोधन हुने गरी आगामी बजेट निर्माण हुनुुपर्नेमा जोड दिनुभयो । बैठकमा सरकारका अर्थमन्त्री एवम् पार्टीका नेता डा. प्रकाशशरण महतले विषम आर्थिक अवस्थालाई सम्बोधन गर्नेगरी आगामी आर्थिक वर्षको बजेट बनाइने जानकारी गराउनुभएको थियो । अर्थमन्त्री डा महतले आगामी बजेटमा राख्नुपर्ने प्राथमिकताका बारेमा सांसदहरुको सुझावका लागि आग्रह गर्नुभएको थियो ।
अर्थमन्त्रीले सांसदहरुद्वारा राखिका जिज्ञासाहरुको टिपोट गर्दै भोलि मङ्गलबार बस्ने बैठकमा जवाफ दिनुहुनुे भएको छ । सांसदहरुले सुझाव दिने क्रम बाँकी रहेकाले काङ्ग्रेस संसदीय दलको बैठक भोलि बिहान १०ः३० बजे पुनः बस्ने छ ।