फाइल तस्वीर

काठमाडौं — आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने छ । मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार तत्काल काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्र र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुने भएको छ ।

आज दिउँसो देशभर वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यतया बदली रहने र देशका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ । तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना समेत रहेको जनाएको छ ।

महाशाखाको बुलेटिनअनुसार आज राति लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना छ ।