फाइल तस्वीर
काठमाडौं — जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भू—भागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ । विभागको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी भेगमा आंशिकदेखि सामान्यतया बदली हुने र देशका अन्य स्थानको मौसम सामान्यतया सफा रहनेछ ।

यस क्रममा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भेगका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का÷क्षणिक वर्षाको सम्भावना रहनुको साथ सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका केही स्थानमा हावाहुरी आउन सक्ने सम्भावना रहेको उल्लेख छ ।

विभागको बुलेटिनअनुसार आज राति सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत अन्य पहाडी स्थानमा आंशिकदेखि सामान्यतया बदली हुनेछ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा बागमती र कोशी प्रदेशका पनि पहाडी क्षेत्रकै एक वा दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का/क्षणिक वर्षा हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ ।