उपप्रधानमन्त्री तथा कानुनमन्त्री पूर्णबहादुर खड्का, फाइल तस्वीर
काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्हाली आउनुभएको सो मन्त्रालयको कार्यभार आज उपप्रधानमन्त्री खड्कालाई तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धन दलको भागबण्डा अनुसार नेपाली काङ्ग्रेसको भागमा कानुन मन्त्रालयसहित आठ मन्त्रालय परेको थियो । अहिलेसम्म काङ्ग्रेसले पाँच मन्त्रालयमा मन्त्री पठाएता पनि पार्टी भित्रको आन्तरिक मतभेदका कारण अझै चार वटा मन्त्रालयमा मन्त्रीको नाम पठाउन सकेको छैन । राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा काङ्ग्रेसको भागमा परेको कानुन मन्त्रालयको जिम्मेवारी रक्षमन्त्री पूर्णबहादुर खड्कालाई तोक्नुभएको हो ।