उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, फाइल तस्वीर
काठमाडौं – उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा सुधार गर्नुपर्ने कामहरुबारे सुझाव माग गर्नुभएको छ । आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सुझाव माग्नुभएको हो ।
मन्त्री श्रेठले आफुहरुले देखेको सुधार गर्नुपर्ने कार्यहरुको बारेमा सल्लाह सुझाव दिन अनुरोध गर्दै गृह मन्त्रालयले गरेका राम्रा नराम्रा कामहरुबारे पत्रकारहरुसँग सुझाव माग्नुभएको थियो ।
उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले अहिलेको अवस्थामा राजनीतिलाई सुधार गर्न अत्यावश्यक रहेको भन्नुहुँदै राजनीतिलाई सफा नबनाई राजनीतिले देशलाई सफा बनाउन सक्दैन भनि टिप्पणी गर्नुभयो । आर्थिक रुपान्तरणलाई सुधार गर्दै समृद्ध राष्ट्र बनाउनु अहिलेको प्रतिबद्धता रहेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो ।
सुरक्षाकर्मीहरुले हामी देश र राष्ट्रको लागि खटिएको हो भन्ने कुरालाई भुल्न नहुने भन्दै गृहमन्त्री श्रेष्ठले ‘एउटा हाइफाइ प्रोफाइलको व्यक्तिले सजिलै शक्तिकेन्द्रसँग कुरा गर्ने, भेट्ने तर एक सामान्य व्यक्तिले शक्तिकेन्द्रसँग सम्पर्क नै राख्न नपाउने व्यवस्थालाई हटाउ आफुहरुले त्यो काम समेत सुरु गरेको बताउनुभयो ।
महिला हिंसा, दलित उत्पिडन, लागु पदार्थ दुव्र्यसन जस्ता घट्नाहरुमा प्रहरी प्रशासन अझै बढि संवेदनशिल भएर अघि बढ्नुपर्नेमा जोड दिंदै गृहमन्त्री श्रेष्ठले प्रहरीलाई जनताको सेवक भएर काम गर्न निर्देशन दिनुभएको थियो ।