फाइल तस्वीर
काठमाडौ — नेपाली काङ्ग्रेसका सांसद विनोद चौधरीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा नवलपरासीको सुस्तामा रहेको गण्डक नहरको विषय उठाउनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आज मङ्गलबार बसेको बैठकको शून्यसमयमा बोल्दै सांसद चोधरीले सुस्ताको विषयमा संसदमा कुरा उठाउनुभएको हो ।

प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद चौधरीले सुस्तामा नेपाल र भारतको सीमा क्षेत्रमा रहेको गण्डक नहरको संरचना ५० औं वर्ष पुरानो भएको र ती संरचना पुनर्निर्माण नहुँदा नेपालका हजारौं परिवारले समस्या झेल्दै आएका र हजारौं विघाहा खेतीयोग्य जमीन डुवानमा परेको भन्दै सरकारको ध्यानाकर्षण गर्नुभयो ।

संसद बैठकको शून्यसमयमा बोल्दै सांसद चौधरीले ‘भारत र नेपालका बीचमा ५० वर्ष पुराना जीर्ण भएका संरचनाहरु पुननिर्माण गर्ने बारेमा कुनै दुविधा छैन, एग्रिमेन्टहरु पटक पटक तयार पारिन्छन् तर कामभने नभएको भन्दै ‘प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा यो अत्यन्तै महत्वपूर्ण एजेण्डाको रुपमा प्रवेश गरोस् र ५० वर्षदेखि थुप्रेर बसेका समस्या समाधानको स्पष्ट खाका बाहिर आओस्’ भन्नुभयो ।

सांसद चौधरीले सुस्ताको मात्र नभई कोशीको समस्या पनि समाधान गर्नुपर्ने आजको बैठकमा उठान गर्नुभएको थियो ।