फाइल तस्वीर
काठमाडौं — नेपालमा आजदेखि ऊर्जा सम्मेलन हुँदैछ । ‘हरित ऊर्जाको बजार विस्तारीकरण’ नाराका साथ आठौं ऊर्जा सम्मेलन सुरु गर्न लागिएको हो ।

आज मङ्गलबार र भोलि बुधबार गरी दुई दिनसम्म चल्ने उर्जा सम्मेलन स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल ‘इपान’ ले आयोजना गर्न लागेको हो । ऊर्जा सम्मेलनमा भारत, बङ्गलादेशलगायत विभिन्न ३० राष्ट्रका प्रतिनिधिहरुको सहभागिता रहने नेपाल इपानले जनाएको छ ।

यसमा विद्युत् उत्पादक, विद्युतीय क्षेत्रका नयाँ लगानीकर्ता, सो क्षेत्रमा लगानी गरिरहेका र लगानीमा उत्सुक वित्तीय संस्था तथा परामर्शदाता कम्पनीका प्रतिनिधिले सहभागिता जनाउनेछन् । सो सम्मेलनमा ऊर्जा क्षेत्र अनुसन्धानरत तथा कार्यरत झण्डै तीन सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने आयोजक इपानको दावी छ ।